जोखिममा परेका बालबालिकालाई सहयोग « Khabarhub

जोखिममा परेका बालबालिकालाई सहयोग


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।

नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ ।

नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । उनले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न जोखिममा परेका बालबालिकालाई संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व हो’, उनले भने, ‘यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नेछ ।’

नगरपालिकाका अनुसार बाल हित कोषमार्फत आगामी दिनमा आवश्यकतामा रहेका बालबालिका तथा विपन्न परिवारलाई लक्षित गरी विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : २१ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी