जोखिममा परेका बालबालिकालाई सहयोग « Khabarhub

जोखिममा परेका बालबालिकालाई सहयोग


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।

नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ ।

नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । उनले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न जोखिममा परेका बालबालिकालाई संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व हो’, उनले भने, ‘यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नेछ ।’

नगरपालिकाका अनुसार बाल हित कोषमार्फत आगामी दिनमा आवश्यकतामा रहेका बालबालिका तथा विपन्न परिवारलाई लक्षित गरी विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : २१ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको