विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो « Khabarhub

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

अमेरिका र बेल्जियको टिकटको न्युनतम मूल्य १६ सय डलर


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र बेल्जियमबीच सिएटलमा हुने बहुप्रतीक्षित अन्तिम १६ को खेलको टिकट मूल्यमा उल्लेख्य गिरावट आएको छ । खेलको समय नजिकिँदै गर्दा टिकटको न्युनतम मूल्यमा ३० प्रतिशतभन्दा बढीको गिरावट आएको हो । शनिबार साँझदेखि भने मूल्यमा सामान्य सुधार देखिएको छ ।

टिकट ट्र्याकिङ सेवा ‘टिकटडाटा डटकम’ का अनुसार, जुन १ मा यस खेलको न्युनतम टिकट मूल्य झन्डै चार हजार अमेरिकी डलर पुगेको थाहा भएको थियो । अमेरिकाले बोस्निया एन्ड हेर्जेगोभिनालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेपछि मंगलबार १५ सय ४९ डलरमा ओर्लिएको टिकट मूल्य पुनः बढेर २ हजार ८ सय ३६ डलर पुगेको थियो ।

त्यसपछिका दिनमा भने मूल्य लगातार ओरालो लाग्यो । शनिबार दिउँसोसम्म टिकटको न्युनतम मूल्य ३२ प्रतिशतले घटेर १,४२३ डलरमा झरेको थियो, जुन शनिबार बेलुका ६ बजे सम्ममा सामान्य बढेर १,६३५ डलर कायम भएको छ ।

यो उतारचढावका बाबजुद अमेरिका र बेल्जियमबीचको खेल अन्तिम १६ का आठ खेलमध्ये दोस्रो महँगो टिकट मूल्य भएको खेल बनेको छ । मेक्सिको सिटीमा आइतबार हुने मेक्सिको र इङ्गल्यान्डबीचको खेलको न्युनतम टिकट मूल्य सबैभन्दा बढी ३,५७४ डलर रहेको छ ।

बेल्जियमको बेसक्याम्प सिएटल स्टेडियमभन्दा मात्र १६ किलोमिटर टाढा ‘साउन्डर्स एफसी पर्फर्मेन्स सेन्टर’ मा रहेकाले पनि यो खेलमा दर्शकको चासो बढी हुने अनुमान गरिएको थियो । बेल्जियमले यसअघि सिएटलमा समूह चरणमा इजिप्टसँग १–१ को बराबरी खेलेको थियो भने अन्तिम ३२ को खेलमा सेनेगलमाथि ३–२ को रोमाञ्चक पुनरागमन जित निकालेको थियो ।

यसैबीच, शनिबार भएको खेलमा मोरोक्कोसँग ३–० ले पराजित हुँदै क्यानडा विश्वकपको अन्तिम १६ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ४२ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको