कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव « Khabarhub

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार आयोजित कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताए ।

परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल ९मादले दाइ०, विष्णु खत्री, सङ्गीतकार शशी शर्मा मजगैयालगायत सहभागी थिए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ५९ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका