कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव « Khabarhub

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार आयोजित कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताए ।

परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल ९मादले दाइ०, विष्णु खत्री, सङ्गीतकार शशी शर्मा मजगैयालगायत सहभागी थिए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ५९ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने