सावाखोलामा पक्की पुल निर्माण « Khabarhub

सावाखोलामा पक्की पुल निर्माण


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ । 

निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो । 

पक्की पुल निर्माण भएसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा  बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २० दशमलव ९० मिटर लामो छ । 

यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ । यसनिम्ति कोशी प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : १८ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा