विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमबीच आगामी जुलाई २१ देखि सुरु हुने प्रतियोगिताका लागि टोलीलाई शुभकामनासहित बिदा गरेको हो । नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सबीच हुने यस श्रृंखलाअघि नेपाली खेलाडीहरू विशेष तयारीका लागि सुरुमा जर्सी पुग्ने कार्यक्रम छ ।

स्थानीय वातावरणसँग अभ्यस्त हुन जर्सीमा नेपालले जुलाई १३ र १५ तारिखमा दुई वटा ५० ओभरको खेल खेल्ने तालिका तय भइसकेको छ । हालै घरेलु मैदानमा सम्पन्न ८ मध्ये ६ खेल जितेर बलियो लयमा देखिएको नेपालले सोही प्रदर्शनलाई युरोप भ्रमणमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : ५४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण