‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन « Khabarhub

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा कमाएको ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शनमा आएको छ ।

पौराणिक ड्रामामा आधारित यस फिल्ममा भीएफएक्स प्रविधि बढी प्रयोग भएकाले चर्चामा आएको हो ।

‘लार्जर देन लाइफ’अनुभव दिने यो फिल्मका शीर्ष कलाकारमा नायक विराट कर्ण, नायिकाहरू नभा नतेश र ऐश्वर्या मेनन छन् ।

फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

अभिषेक नामाको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । भारतमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म नेपालमा शनिबारबाट हलमा लागेको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ४ : ५७ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी