हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु « Khabarhub

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।

सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ । विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका छन् ।

हुथी विद्रोहीहरू सन् २०१५ देखि सरकारसँग युद्धमा छन् । यो द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी सानालगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ ।

दुवै पक्षबीचको लडाई सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको युद्धविरामपछि ठूलो रूपमा रोकिएको थियो । शुक्रबार हुथी विद्रोहीहरूले एक्कासी साउदी अरबका विमानस्थल र महत्वपूर्ण सम्पत्तिहरूलाई लक्षित गर्ने चेतावनी दिएका थिए । साउदी अरब यमनको अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारको प्रमुख समर्थक हो ।

सन् २०१५ पछि हुथी समूहले सानालगायत देशको ठूलो भाग कब्जा गरी सत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथीविरुद्धको लडाइँमा सहयोग पुर्‍याएको थियो । इरानको ‘प्रतिरोधको एकाइ’ को भाग मानिने यो विद्रोही समूह इजराइल र अमेरिकाविरुद्ध इरानको पक्षमा छ । उनीहरूले साउदी अरबले एउटा इरानी विमान अवतरण गर्न रोक्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ४ : ४३ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई