प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार ! « Khabarhub

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि होइन र ?’ को एक अंश पढ्नुहोस्-

‘घर खेत लग्यो पहिरोले छैन खाने अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिनुपर्ने जापान, जर्मन चाइना
नेपालमा जन्म लेर कहिल्यै सुख पाइनँ’

अब यही गीतको सिक्वेल ‘कर्तव्य’को अर्को अंश पढ्नुहोस्-
‘विदेशबाट पैसा पठाऊ हुन्डी नगर है
आजसम्म देश चलाउन तिम्रै छ भर है
सकेसम्म कमाऊ रमाऊ नेपालमै फर्क
केही गर्ने हुटहुटी भा यही पालार्म फर्क’

पाँच वर्षको अन्तरमा प्रकाशको शब्द चयनमा यू–टर्न देखिने गरी ‘कर्तव्य’ आइतबार सार्वजनिक भएको छ ।

प्रकाशले ‘कर्तव्य’ मा सरकारको सफ्ट आलोचना गरेका छन् । तर, जनतालाई आशावादी हुन पनि जोड दिएका छन् । किन आयो उनको शब्द चयनमा परिवर्तन ? जनताको जीवनशैली र दुःख त उही छ ।

प्रकाश अहिले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् । सोही कारण उनको शब्द चयन परिवर्तन भएको त होइन ?

कुनै निराशा र दुःखका घटनालाई सत्ता हल्लिने गरी बुलन्द पार्ने प्रकाश नै हुन् । अहिले पार्टीप्रतिको आस्था पक्कै ‘कर्तव्य’मा प्रतिबिम्ब भएको त होइन होला ? यो एक कलाकार राजनीतिमा होमिएपछि स्वभाविक रुपमा आउने प्रश्न नै हो । यस पटक उनी गीत सत्ताप्रति आशावादी देखिनुले पनि यस प्रश्नलाई नजर अन्दाज गर्न मिल्दैन ।

पहिला अर्को देशमा जन्म लिनुपर्ने शब्द कोर्ने उनी यो पटक भन्छन्-

‘गाउँ गाउँमा दबाइ पुर्‍याउ, गाउँ गाउँमा शिक्षा
त्यति ठूलो छैन सरकार जनताका इच्छा
काम गरेर खान पाए, लाउन पाए ज्यानमा
चन्द्रमा मै पुगम् भन्ने छैन अहिल्यै मनमा

‘कर्तव्य’मा अरु के छ ?

यो गीतको कोरस लाइन छ – केही गरम् केही गरम्, जे सकिन्छ त्यही गरम्, देशको उन्नतिका लागि, भावी सन्ततिका लागि ।
उनले कर्णाली र सहरलाई विकास विभेदलाई पुल र फूलसँग जोडेका छन् । अर्थात्, कर्णालीमा बाटो र पुल बनाएपछि मात्रै सहरमा फूल रोप्न सरकारलाई सुझाव दिएका छन् ।

सुकुम्वासीलाई सरकारले बलजफ्ती हटाएको विषयमा प्रकाशले प्रक्रियागत त्रुटि देखेका छन् । गीतमा उनले स्थानान्तरणअघि गृहकार्यको कमी रहेको दाबी गरेका छन् ।

जातीय छुवाछुत समस्यालाई उनले यस गीतमा पनि स्थान दिएका छन् ।

उनले गीतमा राज्यलाई सचेत गराएका विषय यिनै हुन् । बाँकी अंशमा पनि सरकारप्रति आशावादी देखिएका छन् ।

उनले ‘गाउँ छाडी सहर पस्ने’ वर्तमान अवस्थालाई ‘सरुवा रोग’को संज्ञा दिएका छन् । गाउँ छोडी सहर पस्नुलाई उनले ‘रहर’का रुपमा उल्था लगाएका छन् ।

के गाउँ छाडेर सहर पस्नु बाध्यताभन्दा बढी रहर हो ? उनको दाबी पूर्ण सत्य छ ? उनले गाउँको घर रित्तो बनाएर सहर छिर्नेलाई थाकथलो फर्किनै जोड दिएका छन् ।

उनले सरकालाई उत्पादन ध्यान दिन र उद्योगी–व्यापारीलाई आशा जनाउने काम गर्न सुझाव दिएका छन् ।

जेन–जी आन्दोलका जस्ता राजनीतिक घटना क्रम दोहोरिनु नहुने कुरामा उनी बढी सचेत देखिन्छन् ।

उनले यो गीतका अधिकांश विषय जेन–जी आन्दोलन र वर्तमान सरकार बनेपछिका घटनामा केन्द्रित छ । केही विषय सत्तामा पुगेका पुराना दलका नालायकीले निम्तिएको परिस्थितिमा नयाँ सरकारको ध्यान नपुगेकोमा पनि केन्द्रित छ ।

तर, शब्द चयमा प्रकाशको ‘बोल्डनेस’मा गिरावट छ । यसमा राजनीतिक आस्था मात्रै कारक नहुन पनि सक्छ । यो सिर्जनाको उतारचढाव मात्रै पनि हो कि ?

तर, सिर्जनामार्फत् राज्यप्रति कठोर प्रश्न उठाउने प्रकाश एकाएक नरम पो देखिए, त्यो पनि आफू सहभागी दलको सरकार रहेका बेला ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : १५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी