साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक « Khabarhub

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

आइतबार साहित्य सदन नेपाल, रामहिटीको आयोजनामा आयोजित एक विशेष समारोहकाबीच यो कृतिको लोकार्पण गरिएको हो । 

कृतिका बारेमा बोल्दै समीक्षकहरूले पुस्तकमा पौराणिक आख्यानदेखि आधुनिक समाजका जटिल मनोविज्ञानसम्मका कथाहरूलाई अत्यन्तै कुशलतापूर्वक बुनिएको बताएका छन् । 

कार्यक्रममा बोल्दै कथाकार अच्युतप्रसाद चालिसेले यस जीवन यात्राका अनेकौँ उकाली–ओराली र सङ्घर्षका अनुभवहरूलाई समेटेर यो कथासङ्ग्रह तयार पारेको बताए । 

उनले ’अम्मल’ कथासङ्ग्रहले पाठकलाई गम्भीर जीवन दर्शन र सामाजिक यथार्थ बोध गराउने विश्वास गरिएको बताए ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकारहरू, समालोचक तथा पाठकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : ३९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६