गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति « Khabarhub

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण देखिएको छ । मरुवा सङ्क्रमणले धानाका बाला लाग्न नसकेपछि उत्पदान नहुने चिन्तामा किसान छन् ।

गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरेको चैते धानमा मरुवाका कारण बाला लाग्न नसकेको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका कृषिप्रसार अधिकृत विवेक पौडेलले मरुवाका कारण जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरूमा करिब एक हजार १३० मेट्रिकटन धानखेतीमा क्षति भएको जानकारी दिए ।

लिची र काँक्राखेती गरेका किसानले वनि यस वर्ष क्षति बेहोर्न बाध्य छन् । कृषि विकास कार्यालयका अनुसार पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रूपमा नष्ट भएको छ । धान, लिची र काँक्राखेतीमा करोडौँको क्षति भएपछि यस वर्ष खाद्य सुरक्षामा सङ्कट आउनसक्ने कृषिप्रसार अधिकृत पौडेलले बताए ।

‘किसानको करिब रु तीन करोड ७५ लाख बराबरको धान नष्ट भएको छ’, पौडेलले भने, ‘अरु पालिकामा पनि अवस्था यस्तै छ । तर विशेषगरी गोरखा र पालुङ्टार नगरपालिकामा धेरै क्षति भएको छ ।’ उनका अनुसार यो समस्या बर्खेधानमा पनि देखिन सक्ने सम्भावना अधिक छ ।

‘बर्खेधानका बीउ र ब्याडमै मरुवा रोग देखिसक्यो त्यसैले अब धानमा पनि देखिने धेरै सम्भावना हुन्छ’, कृषिप्रसार अधिकृत पौडेलले भने, ‘यसले गर्दा गोरखामा खाद्य सुरक्षामा सङ्कट देखिन सक्ने सम्भावना छ ।’

यसैबीच, असिनापानी र हावाहुरीले फूल झारेपछि यस वर्ष पालुङटार नगरपालिकाका १९२ किसानले लगाएका सबै लिचीका बोटले फल दिन सकेनन् । तीमध्ये ३० प्रतिशत किसानका बोट नष्ट भएका नगरपालिकाका कृषि शाखा प्रमुख सङ्कल्प न्यौपानेले जानकारी दिए । उनका अनुसार पालुङटारका लिचीखेती गर्ने किसानले करिब रु सात करोडभन्दा बढीको क्षति व्यहोर्नुपरेको छ ।

पालुङटार–६, ७ र ८ मा व्यावसायिक रूपमा लिची उत्पादन हुने गरेको छ । यस्तै, वडा नं ४ र ५ मा पनि लिचीखेती विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत वर्ष पालुङटारका किसानले १५० हेक्टर क्षेत्रफलमा एक हजार ७१६ मेट्रिकटन लिची उत्पादन गरेका थिए । यस वर्ष ९० प्रतिशत उत्पादन घटेको कृषि शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार पालिकाका छ सय किसान प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लिचीखेतीमा आबद्ध छन् भने नौ सय रोपनी क्षेत्रफलमा लिचीखेती गरिएको छ ।

यस वर्षको हावाहुरी र असिनापानीले गण्डकी गाउँपालिकामा व्यवसायिक रूपमा लगाइको काँक्रो तथा बेमौसमी तरकारीबाली पनि नष्ट भएका छन् । कृषि शाखा प्रमुख सपना थारुका अनुसार यस वर्ष यहाँ लगाइएका करिब पाँच लाख २१ हजार २६४ किलो लहरे प्रजातिका तरकारी हावाहुरी र असिनापानीले नष्ट पारेको छ । सोही कारणले रु ९४ लाख ५९ हजार बराबरको काँक्रा, लौका, फर्सी, करेलालगायत तरकारी नष्ट भएको उनले जानकारी दिए ।

क्षतिग्रस्त अन्नबाली, तरकारी बाली तथा फलफूल बालीको राहतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । कृषि विकास कार्यालयमा राहतका लागि रु २० लाख मात्र रहेकाले तत्काल के गर्ने भन्ने निर्णय नभएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । करोडौँको कृषि उपज क्षति भएकामा यो राहत रकम अपुग हुने उनको भनाइ छ । अत्यन्त न्यून रकम भएकाले राहत वितरण गर्न पनि नसकिएको भट्टराईले बताए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ४९ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका