गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने « Khabarhub

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने


२१ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्फबाट ‘गल्ती’ भएको स्वीकार गर्दै माफी मागेका छन्। चौतर्फी आलोचना र विरोधका बाबजुद उनले फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै कायमै रहने स्पष्ट पारेका छन्।

मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो गल्ती महसुस गरेका हुन्। बैठक सकिएको चार घण्टापछि फिफाले एक विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ।

प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्तावलाई पारदर्शी नभएको भन्दै युरोपेली फुटबल निकाय (युइएफए) ले इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरिसकेको छ। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले समेत यस घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ भनेका थिए।

यद्यपि, बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोको नेतृत्वप्रति पुनः पूर्ण समर्थन व्यक्त गरेका छन्। इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्षहरू, काउन्सिल सदस्य र २११ वटा सदस्य संघलाई पत्र पठाउँदै प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गरेका छन् र भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाएका छन्।

इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर दिने आश्वासन दिएका थिए। मिडियामा खबर सार्वजनिक भएपछि फिफा काउन्सिल र सदस्य संघलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै तीव्र असन्तोष बढेको थियो।

विवादका बिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति विश्वास नरहेको बताएका छन् भने पूर्वस्टार फुटबलर लुइस फिगोले तत्काल राजीनामा दिन माग गरेका छन्। यद्यपि, सन् २०२७ को मार्चमा मोरक्कोमा हुने निर्वाचनमा ५६ वर्षीय इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ६ : १५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले