मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै « Khabarhub

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग क्लब ट्राब्जोनस्पोरमा अनुबन्ध हुने तयारीका साथ टर्की पुगेका छन्।

इस्तानबुल विमानस्थलमा अवतरण गर्दा उनलाई सयौँ समर्थकले भव्य स्वागत गरेका छन्। ट्राब्जोनस्पोरको गाढा रातो र निलो रङको आधिकारिक जर्सी लगाएर इस्तानबुल उत्रिएका ३४ वर्षीय सलाहलाई हेर्न र स्वागत गर्न विमानस्थलमा समर्थकको ठूलो घुइँचो लागेको थियो।

समर्थकहरूले नाराबाजी गर्दै र उनीसँग खुसी साटासाट गर्दै स्वागत गरेका थिए। लिभरपुलसँगको लामो र सफल यात्रा समाप्त गरेपछि सलाह टर्कीको शीर्ष डिभिजन लिग खेल्न पुगेका हुन्।

स्वास्थ्य परीक्षण तथा सम्झौताका बाँकी प्रक्रिया पूरा गरेपछि उनको अनुबन्धबारे क्लबले आधिकारिक घोषणा गर्नेछ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : ३१ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई