नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ? « Khabarhub

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयद्वारा साउन ६ गते पेस गरिएको नयाँ तलबमान १५ दिनपछि स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो।

नयाँ तलबमान अनुसार अब राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब २८ हजार ९ सय ८४ रुपैयाँ र अधिकतम ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ।

स्वीकृत तलबमान अनुसार सबैभन्दा बढी मुख्यसचिवले मासिक ९० हजार ५ सय ९४ रुपैयाँ पाउनेछन् भने नेपाली सेनाका प्रधानसेनापतिको तलब पनि मुख्यसचिवसरह नै कायम गरिएको छ। यस्तै, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ। सबैभन्दा तल्लो तहमा रहेका प्रथम स्तरका कार्यालय सहयोगीको तलब भने २८ हजार ९ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको सुरु तलबमानमा १० प्रतिशत वृद्धि गर्नुका साथै थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेका थिए। यसका साथै निवृत्त (पेन्सनधारी) कर्मचारीको हकमा पनि १० प्रतिशत तलब वृद्धि हुनेछ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १० : ४९ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई