सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू)  « Khabarhub

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए र सडक साँघुरो थियो । सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए ।

पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा सहिद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए । पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट संकलन गरिएका सालिक राखेर २०७६ सालमा पोखरा महानगरपालिका–१८ जामुनबोटमा राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गरियो ।

सुरुमा टिकट काटेर प्रवेश गर्नुपर्ने यो पार्कलाई पोखरा महानगरपालिकाले थप व्यवस्थित बनाउन सकेको छैन । यहाँ अहिले कुनै टिकट काट्नु पर्दैन । टिकट काटेर प्रवेश गर्नुपर्ने भन्ने विषयमा विरोध भएपछि महानगरपालिकाले पनि नयाँ ठेक्का खुलाएको छैन ।

खास यो पार्कमा सुरुमा सहिद, राष्ट्रिय विभूति गरेर १ सय ८ जनाको सालिक राख्ने महानगरपालिकाको योजना थियो । हालसम्म आधा दर्जन सालिक राखिएका छन् । अरु सालिक थप्नेबारे महानगरपालिकाले केही योजना पनि बनाएको छैन । मूर्ति राख्ने पीठिका (मूर्तिको आधार वा पिँध) बनाइएपनि ती खाली नै छन् । 

सुरुआतका दिनमा दैनिक ३ सय जनासम्म पुग्ने यो पार्क आजकल प्रायः सुनसान हुन्छ । मूर्तिबाहेक थप आकर्षणका अन्य गतिविधि हुन नसक्दा यहाँ जानेको संख्या आजकल कम भएको हो । पार्क ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १ : ३० बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर