निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी « Khabarhub

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन् । 

बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा कायमका साथै देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको बताएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो ? निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए । 

जवाफमा गृहमन्त्री गुरुङले हजुरहरु सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ? भन्दै उल्टै प्रश्न गरे । एउटा आमाको घाउलाई कोट्याएको कोट्याएकै गरेर सदनमार्फत थप पीडा नदिन उनले आग्रह गरे । 

अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाउन गृहमन्त्रीले आग्रह गरेपछि राष्ट्रियसभा सदस्य विश्वकर्माले आपत्ति जनाएका थिए ।

विश्वकर्माले प्रश्न गर्ने आफ्नो अधिकार भएकाले मन्त्रीले जवाफ दिनैपर्ने उल्लेख गर्दै अबको कति महिना, कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन् ? भन्दै प्रश्न गरे ।

गृहमन्त्री गुरुङले आफूले यसको जवाफ नदिने भन्दै पन्छिएका थिए । त्यसपछि उनले अन्य सांसदहरूको जवाफ भने दिएका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  २ : २८ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको