रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा « Khabarhub

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित समुद्री ड्रोन आक्रमणका कारण विश्वव्यापी तेल ढुवानी प्रभावित भएको भन्दै ऊर्जा आपतकाल घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा गभर्नर ब्राउनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पेट्रोलमा लाग्ने राज्यस्तरीय प्रयोग तथा उत्पादन शुल्क (एक्साइज ट्याक्स) स्थगनको अवधि सेप्टेम्बर ५ सम्म थपिएको जानकारी दिए। यो स्थगन शुक्रबारदेखि अन्त्य हुने तय भएको थियो।

गभर्नरको कार्यालयका अनुसार हालै कालो सागर र केर्च जलडमरूमध्य क्षेत्रमा रूस–युक्रेन युद्ध समुद्री ड्रोन युद्धमा रूपान्तरण हुँदै जाँदा तेल ढुवानी मार्गमा अवरोध सिर्जना भएको छ। यसका साथै, क्यानडाको अल्बर्टा तेल उत्पादन क्षेत्रमा लागेको डढेलोले पनि आपूर्तिमा असर पारेको उल्लेख गरिएको छ।

यी कारणले इन्धनको मूल्य सामान्य आर्थिक अवस्थाभन्दा बाहिर ‘अस्वाभाविक’ रूपमा बढेको दाबी गरिएको छ।

इन्डियाना क्यापिटल क्रोनिकल का अनुसार इरानविरुद्ध अमेरिका–इजरायल युद्धका क्रममा होर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि अप्रिलको सुरुआतमा पनि गभर्नर ब्राउनले पेट्रोल कर आंशिक रूपमा स्थगन गरेका थिए।

हालका साताहरूमा रूस र युक्रेनले एकअर्काको दैनिक उपभोग्य प्रणाली अवरुद्ध गर्न जहाज र बन्दरगाह पूर्वाधारमाथि आक्रमण तीव्र पारेका छन्।

रुसी रक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको दैनिक विवरणमा युक्रेनको ओडेसा क्षेत्रको तटनजिक तीनवटा मालवाहक जहाजमा आक्रमण गरिएको छ। ती जहाजमा सैन्य सामग्री रहेको दाबी मस्कोले गरेको छ।

जेलेन्स्कीको ४० दिने अभियान

जुन २५ मा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले क्रेमलिनलाई ‘युद्ध अन्त्य गर्न दबाब दिन’ भन्दै ४० दिने अभियान घोषणा गरेका थिए।

त्यसपछि रूसका ऊर्जा पूर्वाधार तथा रुसको प्रमुख ई–कमर्स कम्पनी वाइल्डबेरीजका गोदामहरूमा व्यवस्थित ड्रोन आक्रमण सुरु भएको बताइएको छ। त्यसको जवाफमा रूसले युक्रेनका बन्दरगाह र जहाजमाथि आक्रमण तीव्र बनाएको छ।

रूसले पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर सैन्य सहयोग दिँदा युद्ध लम्बिने र मस्कोमाथि लगाइएका प्रतिबन्धले पश्चिमी देशहरूलाई समेत आर्थिक असर पार्दै तेलको मूल्य वृद्धि गरिरहेको दाबी गर्दै आएको छ।

यसैबीच, रुसी विदेश मन्त्रालयले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणको पनि आलोचना गर्दै मध्यपूर्वको तनावले विश्व ऊर्जा सुरक्षामाथि प्रत्यक्ष खतरा उत्पन्न गरेको चेतावनी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको