धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति « Khabarhub

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली प्रिफेक्चरबीच भगिनी सहर (सिस्टर सिटी) सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अन्तरक्रिया सम्पन्न भएको छ।

धुलिखेल नगरपालिकाका अनुसार चीनबाट आएको अली प्रिफेक्चरको प्रतिनिधिमण्डलसँग पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, ‘हेल्दी सिटी’ अवधारणा, दिगो विकास तथा जलवायु कार्यलगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको हो ।

छलफलमा भविष्यमा दुवै पक्षबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्दै विकास साझेदारीलाई विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार उक्त भ्रमणले धुलिखेल र अली प्रिफेक्चरबीचको मित्रता, आपसी विश्वास, सांस्कृतिक सम्बन्ध तथा दीर्घकालीन विकास साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, होटल एसोसिएसन अफ नेपाल (धुलिखेल), धुलिखेल उद्योग वाणिज्य संघ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

धुलिखेल नगरपालिकाले अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउँदै समृद्ध, दिगो र विश्वसँग जोडिएको नगर निर्माणतर्फ निरन्तर अग्रसर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : २७ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै