डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान « Khabarhub

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि आजदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।

डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

“टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो”, उनले भने, “डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ ।”

जनस्वास्थ्य कार्यालयको अगुवाइ तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालगायत विभिन्न सङ्घसंस्था र नागरिक समूहको संयुक्त पहलमा उक्त अभियान सञ्चालन हुने जनाइएको छ ।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने प्रमुख शर्माको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने जनस्वास्थ्य प्रमुख शर्माले बताए । डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि स्थानीय समुदायकै बढी भूमिका हुने उनको भनाइ छ ।

डेङ्गीको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गीबाट बच्ने उत्तम उपाय भएको उनीहरूको भनाइ छ ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक बताउँछन् ।

असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिनसक्ने शर्माले बताए । “चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको छ । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फूल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले आवश्यक सर्तकता अपनाउन जरुरी छ”, उनले भने।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ९ : ४० बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा