आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६ सेप्टेम्बर ६ तारिख। भदौ कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

वृष :  आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।  

मिथुन : दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ।

कर्कट :  दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वस्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ। स्वदेशमा लगानीका सम्भावना भेटिने छन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला : दिन राम्रो छ । सदुपयोग गर्नुहोला । परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँग संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक : दिन सामान्य भए पनि शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्णा काम बन्नेछ।

धनु : आज तपाईका लागि दिन शुभ छ । हरेक काम सहजै बन्नेछन्। स्वस्थ्यमा सुधार हुनेछ। मन शान्त बन्नेछ। परिवाको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम चल्ने छ।

मकर : परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : शुभ दिन छ। यात्रा हुनेछ । आम्दानीका स्रोत भेटिनेछन् । बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ। श्रमको मूल्य मिल्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बोल्दा सोच्नुपर्ने हुनसक्छ। स्वस्थ्यमा सुधार हुनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ। हरेक काम गर्दा मनमा उत्साह बढ्ने छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ५ : १६ बजे

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६