इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ « Khabarhub

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ।

राष्ट्रिय युवा कोषको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई ४० हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका सदस्य डा. बमबहादुर थापा ‘जीताली’ले जानकारी दिए।

पुरस्कार छनोटका लागि प्राध्यापक रामकुमार पाण्डेको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा भाषासेवी रमा शर्मा, डा. बमबहादुर थापा ‘जीताली’, जीवनाथ धमला र प्रा. डा. खुमनारायण पौडेल तथा सदस्यसचिवमा डा. विष्णुबहादुर भण्डारी रहेका थिए।

नेपाली साहित्यका माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा स्थापित यो पुरस्कार हरेक वर्ष भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने ४० वर्षमुनिका युवा प्रतिभालाई प्रदान गरिँदै आएको छ। नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा सक्रिय युवा सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले २०४२ सालमा राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : ०१ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका