एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती « Khabarhub

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

सन्दीप र दिपेन्द्रले लिए समान तीन-तीन विकेट


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको चुनौती दिएको छ । मलेसियाको क्लालालम्पुरस्थित वायुमास ओभलको मैदान टस जितेर पहिला ब्याटिङ गरेको साउदीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

राम्रो सुरुवात गरेको साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । ८९ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा उत्कृष्ट ब्याटिङ गरेका हुन् । उसका लागि मुहम्मद आतिफले ३० रन जोडे । टिकेर खेलेका आतिफले ६८ बलको सामना गर्दा तीन चौका र एक छक्का प्रहार गरेका थिए । मोहम्मद हिशाम शेखले साउदीका लागि २८ रन थप्दा अन्य ब्याट्सम्यानले नेपाली बलरसामू टिकेर खेल्न सकेनन् ।

उच्चस्कोरतर्फ अगाडि बढेको साउदीलाई रोक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा दुई मेडनसहित १९ रन खर्चिएर उनले तीन विकेट हात पारेका हुन् । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नौ ओभर दुई बल बलिङ गर्दै तीन विकेट हात पार्दा ४३ रन खर्चिए । १० ओभर बलिङ गरेका ललितनारायण राजवंशीले तीन मेडन रार्ख्दै २६ रन दिएर दुई विकेट हात पारे । शेर मल्ल र गुल्सन झाले भने एकएक विकेट हात पारे । नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल तेस्रो जितको खोजीमा छ । दुई खेलमा विजयी भएको समूह ‘ए’को नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा दुई हार एक जित निकालेको साउदी दुई अंकसहित तालिकाको पुछारमा छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। यसअघि साउदीसँग भएका दुई खेलमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। सहजै सेमिफाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए अन्तिम खेलको नतिजापछि नेपालले रनरेटको गणना पर्खिनु पर्ने छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १० : २७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई