न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य « Khabarhub

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

पवन सर्राफको ५९ र लोकेश बमको ४७ रन


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएको हो।

नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारि खेले। उनले ९२ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिए। अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाए। यस्तै कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ न्युजिल्यान्डका म्याथ्यू फिसरले ९ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए।

अघिल्ला दुई खेलमा तासमानियासँग २ विकेट र दक्षिण अष्ट्रेलियासँग १३८ रनको पराजय व्यहोरेको नेपाली टोली अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १० : ४६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना