बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु « Khabarhub

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए ।

सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन्  । 

बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना सङ्कलन बिहान ९ देखि साँझ ५ बजेसम्म हुने सूचनामा उल्लेख छ । नमूना सङ्कलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ ।

प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना सङ्कलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताए । 

नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ । 

प्रहरी उपरीक्षक पौडेलले जिल्लामा अहिलेसम्म ७४ जना सम्पर्कविहीन रहेको बताए । 

जिल्लाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका लगायतका स्थानबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १२ : ३७ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको