हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू) « Khabarhub

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित ग्यिरोङ (केरूङ) बन्दरगाहको मुख्य क्षेत्रमा बनेको अस्थायी तालको पानी करिब सबै बाहिरिएको छ।

ठूलो हिम पहिरोपछि बनेको तालको पानी अब करिब सबै बाहिरिएको हो । १० वटाभन्दा धेरै फुटबल मैदानभन्दा ठूलो तालको पानि बाहिरिएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको छ। अब त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

विभागलाई उद्धृत गर्दै सिह्नवाले जनाएअनुसार पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको पानी पूर्ण रूपमा निकास भएर बगिसकेको छ।

पानी निकाससँगै नदीको प्राकृतिक बहाव पुनः सामान्य अवस्थामा फर्किएको छ। अब सम्भावित जोखिम नियन्त्रणमा आएको पनि सिन्ह्वाले जनाएको छ।

शनिबार (सेप्टेम्बर ५) मा सिन्ह्वाले खिचेका हवाई तस्बिरमा केरुङ बन्दरगाहको मुख्य क्षेत्रमाथि यसअघि अवरोधजन्य ताल बनेको स्थान अहिले पानीविहीन भएर रित्तिएको देखिएको छ।

तस्बिरहरू : सिन्ह्वा/जिग्मे दोर्जे र चियाङ फान

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्