हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू) « Khabarhub

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित ग्यिरोङ (केरूङ) बन्दरगाहको मुख्य क्षेत्रमा बनेको अस्थायी तालको पानी करिब सबै बाहिरिएको छ।

ठूलो हिम पहिरोपछि बनेको तालको पानी अब करिब सबै बाहिरिएको हो । १० वटाभन्दा धेरै फुटबल मैदानभन्दा ठूलो तालको पानि बाहिरिएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको छ। अब त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

विभागलाई उद्धृत गर्दै सिह्नवाले जनाएअनुसार पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको पानी पूर्ण रूपमा निकास भएर बगिसकेको छ।

पानी निकाससँगै नदीको प्राकृतिक बहाव पुनः सामान्य अवस्थामा फर्किएको छ। अब सम्भावित जोखिम नियन्त्रणमा आएको पनि सिन्ह्वाले जनाएको छ।

शनिबार (सेप्टेम्बर ५) मा सिन्ह्वाले खिचेका हवाई तस्बिरमा केरुङ बन्दरगाहको मुख्य क्षेत्रमाथि यसअघि अवरोधजन्य ताल बनेको स्थान अहिले पानीविहीन भएर रित्तिएको देखिएको छ।

तस्बिरहरू : सिन्ह्वा/जिग्मे दोर्जे र चियाङ फान

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १ : २४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण