गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन « Khabarhub

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच आइतबार भेटवार्ता भएको छ।

आइतबार मध्याह्न साढे १२ बजे काठमाडौंमा भएको भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान तथा पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारेका थिए।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। भेटमा पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक असमझदारी, दूरी तथा त्यसको समाधानका विषयमा समेत छलफल भएको जनाइएको छ।

यस्तै, यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि दुई नेताबीच छलफल भएको थियो।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : ३२ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको