चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव « Khabarhub

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर ढकाल र उक्त पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङसमेत थुनिएको छ। सुरुङभित्र फसेका कम्तीमा आधा दर्जन मजदुरको अहिलेसम्म उद्धार हुन सकेको छैन। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली अहिले पनि घटनास्थलमा खटिएको छ।

उद्धारस्थलमा पुगेपछि सांसद ढकालले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेको सामग्री प्रयोग गरी विस्फोट गरेर सुरुङमा बाटो खोल्न सकिने बताएका छन्।

ढकालले लेखेका छन्, ‘श्रीराम न्यौपाने सर र म भर्खरै चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुग्यौँ। तत्कालै नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेको सामान प्रयोग गरेर ब्लास्ट (विस्फोट) गरी बाटो खोल्न अल्झिनु नपर्ने कुरा हामीले नेपाली सेनालाई भनिसकेका छौँ।’

उनका अनुसार उक्त भाग मात्र खोल्न सके उद्धार कार्य सहज हुनेछ। ‘यति मात्र खोल्यो भने रेस्क्युको काम धेरै नै सजिलो हुन्छ। ५–६ जना अझै जोगाउन सक्ने सम्भावना ठूलो छ। अरू सहजीकरणका कार्यबारे सोच्दै छौँ,’ उनले भनेका छन्।

२१ जना सुरुङभित्रै खटिएका छन्

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास केही दिनदेखि निरन्तर जारी छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौती भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।

म्यानुअल रूपमा मात्र उद्धार कार्य अगाडि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारीलाई उच्च प्राथमिकता दिइएको छ। एक्स्काभेटर पुर्‍याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि सडक निर्माणको काम अघि बढाइएको छ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। त्यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयास पनि भइरहेको छ।

भौगोलिक र प्राविधिक चुनौती कठिन भए पनि उद्धार प्रयास नरोकेको अधिकारीहरूले बताएका छन्। पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको भग्नावशेष हटाउने कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अगाडि बढाइएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : ४९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण