बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड « Khabarhub

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका रसुवा र नुवाकोटका नागरिकहरूलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले एक समारोहबीच राहत वितरण गरेको छ। 

नुवाकोटको विदुर नगरपालिका वडा नं. १० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा बाढीपीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा रसुवा र नुवाकोट अन्तर्गतका बेत्रावती, ढुंगे, त्रिशूली र भैसेका करिब ७० बाढीपीडित घरपरिवारलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गरिएको थियो । 

त्यसैगरी, रसुवाबाट विस्थापित भई नुवाकोटको विदुर नगरपालिका अन्तर्गत महामण्डलमा आश्रय लिइरहेका करिब १ सय घरपरिवारलाई ज्याकेट वितरण गरिएको थियो ।

बाढी प्रभावित क्षेत्रहरू त्रिशूली, बटार र देवीघाटको स्थलगत अवलोकन गरेपछि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले इतिहासमै कहिल्यै कल्पना नगरिएको संकट आइपरेको बताए । उनले यस विपत्तिलाई ठूलो खतरा र चेतावनीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । 

‘यहाँ जनधनको ठूलो क्षति भएको छ, जसको यकिन आँकलन नै गर्न सकिएको छैन’, उनले भने, ‘हिजो देखिएका कतिपय दृश्यहरू आज बाँकी छैनन् । हामी विश्वकै ध्यान आकर्षित गर्ने खालको संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ ।’

यो संकट नेपालको आफ्नै कारणले नभई विकसित मुलुकहरूले गरेको विकासको नकारात्मक असरका कारण सिर्जना भएको वातावरणीय वा जलवायु अन्याय भएको वनको भनाइ थियो । यस विपत्तिका विरुद्ध नेपालले विश्व समुदायसँग न्याय र क्षतिपूर्ति माग्नुपर्नेमा उनले जोड दिए ।

स्थानीय स्तरमा राहत संकलन र वितरणमा सर्वसाधारण जनताले देखाएको स्वतःस्फूर्त परोपकारी र सहयोगात्मक भावको प्रशंसा गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले यस्तो भावना राजनीतिक वा सरकारी स्तरमा देख्न मुस्किल पर्ने बताए । 

उनले देवीघाट बजारको वर्तमान अवस्थालाई आफ्नो जीवनकालकै सबैभन्दा दुर्भाग्यपूर्ण क्षणका रूपमा चित्रण गरे । हिजोको सुन्दर बजार अहिले दलदलमा परिणत भएको र बाटोको पहिचान समेत हराएको उनले उल्लेख गरे ।

जनताले स्वतःस्फूर्त रूपमा तत्कालका लागि खाना र अस्थायी वासस्थानको व्यवस्था गरे पनि स्थायी समाधानका लागि राज्यले उच्च जिम्मेवारीका साथ योजना बनाउनुपर्ने उनको माग छ । 

‘बाढीले धेरैको घर उजाडेको छ, कतिपयको खोजी गरिदिने परिवारका सदस्य समेत बाँकी छैनन्’, उनले भने, ‘सरकारले अविलम्ब दिन(रात नभनी पीडितहरूको स्थायी पुनर्वास, जग्गा, घर र विद्यालयको व्यवस्था मिलाउन दिगो योजना ल्याउनुपर्छ ।’

राहत वितरण कार्यक्रममा समाजसेवीहरू कृष्णमान प्रधान, पूर्णलाल श्रेष्ठ, रवि केसी, घनश्याम खड्का र सुवर्ण श्रेष्ठले पनि सहकार्य गरेका थिए । 

उनीहरूले बाढीपीडितहरूलाई सहज रूपमा बस्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी टहरा निर्माण गर्नुपर्ने र स्थायी बसोबासका लागि संघीय सरकारले आवश्यक जग्गा, घर र आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : ३६ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै