बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू) « Khabarhub

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूले सुगति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गर्दै धार्मिक अनुष्ठान तथा प्रार्थना गरेका हुन् ।

भदौ १० गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली हुँदै नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा परेको छ ।

बाढीका कारण घर, सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। बाढीमा परी ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गर्ने तथा बेपत्ताको खोजी कार्य अझै जारी छ ।

उपलब्ध विवरणअनुसार बाढी तथा विपद्का घटनामा हालसम्म १ हजार ३४१ जनाको मृत्यु, ४ हजार ९९६ जना बेपत्ता र ६ हजार ७५ जना घाइते भएका छन् । 

यस्तै, १३ हजार १०४ जनाको उद्धार गरिएको छ। खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीपछि त्रिशूली नदीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् । नदी तथा नदी किनारका जोखिमपूर्ण क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

देवीघाटमा गरिएको प्रार्थनाका क्रममा भिक्षुहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको शान्ति र सुगतिका साथै बेपत्ताहरूको शीघ्र खोजी तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए । 

साथै विपद्बाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र विस्थापित परिवारको पुनः स्थापनाका लागि पनि प्रार्थना गरिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ६ : ०५ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्