बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू) « Khabarhub

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूले सुगति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गर्दै धार्मिक अनुष्ठान तथा प्रार्थना गरेका हुन् ।

भदौ १० गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली हुँदै नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा परेको छ ।

बाढीका कारण घर, सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। बाढीमा परी ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गर्ने तथा बेपत्ताको खोजी कार्य अझै जारी छ ।

उपलब्ध विवरणअनुसार बाढी तथा विपद्का घटनामा हालसम्म १ हजार ३४१ जनाको मृत्यु, ४ हजार ९९६ जना बेपत्ता र ६ हजार ७५ जना घाइते भएका छन् । 

यस्तै, १३ हजार १०४ जनाको उद्धार गरिएको छ। खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीपछि त्रिशूली नदीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् । नदी तथा नदी किनारका जोखिमपूर्ण क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

देवीघाटमा गरिएको प्रार्थनाका क्रममा भिक्षुहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको शान्ति र सुगतिका साथै बेपत्ताहरूको शीघ्र खोजी तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए । 

साथै विपद्बाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र विस्थापित परिवारको पुनः स्थापनाका लागि पनि प्रार्थना गरिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ६ : ०५ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण