प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा « Khabarhub

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने भएका छन् । यसअगाडि उनले आफू महासभामा नगएर परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेका थिए ।

तर भदौ १० गते भोटेकोशीमा ठूलो बाढी आएर अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि वालेन्द्रलाई राष्ट्रसंघमा गएर आफैं कुरा राख्न दवाब परेको थियो ।

उक्त दबाबबीच प्रधानमन्त्री शाहले महासभामा आफू पनि जाने निर्णय लिएका हुन् । उनको साथमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि हुनेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार महासभामा प्रधानमन्त्री जाने भएपछि तयारी थालिएको छ । ‘प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री पनि महासभामा जानुहुन्छ, तयारी गरिरहेका छौँ। विभिन्न विज्ञसँग परमार्शपछि सम्बोधन र नेपालले उठाउने विषय तय हुँदैछ’, परराष्ट्रका अधिकारीले भने, ‘प्रधानमन्त्री र परराष्ट्र मन्त्री र सानो टोली लिएर जानु हुनेछ। ’

ती अधिकारीका अनुसार जलवायु परिवर्तनको संकट र कार्बन उत्सर्जनका कारण नेपालले भोगिरहेको समस्या प्रधानमन्त्रीले राष्ट्रसंघमा राख्नेछन् ।

भोटेकोशी बाढीको क्षतिलाई नै मुख्य मुद्दा बनाएर नेपालले राष्ट्रसंघमा कुरा राख्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री महासभामा जाने टुंगो दुई दिनअघि लागेको हो ।

सुरुमा प्रधानमन्त्री नजाने भएपछि विपक्षीसँगै मिडिया र विज्ञले पनि दबाब दिएका थिए । प्रधानमन्त्री शाहलाई रास्वपा सभापति रवि लामिछानेले पनि महासभामा जान भनेका छन् ।

प्रधानमन्त्री शाह सहभागी हुने महासभाको कार्यक्रम सेप्टेम्बर ८ देखि न्यूयोर्कमा सुरू हुनेछ। प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण पनि हुनेछ। छिमेकी मुलुक भारत र चीनसमेत नगई उनी अमेरिका र राष्ट्रसंघमा जान लागेका हुन् । अब उनीमाथि नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको मुद्दा स्थापित गर्ने दबाब छ।

संयुक्त राष्ट्रसङ्घको औपचारिक अधिवेशन ८ सेप्टेम्बरमा सुरु भए पनि उच्चस्तरीय बहस २२ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२६ सम्म चल्नेछ। त्यही समयमा वालेन्द्रले सम्बोधनको अवसर पाउनेछन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : ४९ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी