भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु « Khabarhub

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनः सुरु भएको छ । 

गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो । 

नित्य प्रवचन हुँदै आएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलान पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद् भागवत भक्ति ज्ञान महायज्ञमार्फत ११ वर्षपछि कार्यक्रम सुरु गरिएको हो । 

भदौ २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने र त्यसै क्रममा दैनिक दुईदेखि तीन घण्टासम्म नित्य प्रवचन कार्यक्रम पनि सञ्चालन भइरहेको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले जानकारी दिए । 

स्थापनाकालमा हनुमानढोकाको विभिन्न स्थानमा नित्य प्रवचन हुँदै आएकामा राजा महेन्द्रको कार्यकालमा दरबारको उत्तर दलानमा यो कार्यक्रम गर्ने स्थान उपलब्ध गराइएको थियो । प्रत्येक वर्षको शारदीय नवरात्रमा यहाँ श्रीमद्देवी भागवत कथा हुने गरेको थियो । 

त्यसबेलाको प्रसाद तत्कालीन राजाकहाँ पुर्‍याउने गरिएको गुठीका अध्यक्ष पौडेलले बताए । राजतन्त्रको अन्त्यपछि भने यो प्रसाद शीतल निवास लैजाने गरिएको छ । 

नित्य प्रवचन गर्न संस्थानको काठमाडौँ शाखाले मासिक एक हजार ६०० रुपैयाँ दिने गरेको छ । बाँकी खर्च भने प्रवचन गुठीले जुटाउने गरेको उनले जानकारी दिए । 

काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले प्रवचन पुनः सञ्चालन गर्न विशेष सहयोग गरेको प्रवचन गुठीले जनाएको छ । 

जयदेव पौडेलले सुरु गरेको हनुमानढोका दरबार क्षेत्रको नित्य प्रवचनलाई अर्जुनप्रसाद धिताल, मधुसुदन रिसाल, गोविन्द भट्टराईलगायत पण्डितले निरन्तरता दिँदै आएको गुठी संस्थानले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : १२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै