ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति « Khabarhub

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी आईमार्फत निर्मित अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै पार्टीले आपत्ति जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतका साथ यस्ता अराजनीतिक, अनैतिक तथा आपत्तिजनक गतिविधि गरिएको भन्दै आचार्यले त्यसको घोर निन्दा एवम् भर्त्सना गरेका छन्।

आचार्यले यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन् ।

यसका साथै, प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको आचार्यले ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : ०४ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति