नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी « Khabarhub

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किङ्ग्स विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कर्णालीले खप्तड फालकन्स तथा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटले हराएका हुन् । आज भएको पहिलो खेलमा कर्णालीले खप्तडलाई २५–१९, २५–१९ र २५–१९ अङ्कले हरायो । पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर्सलाई हराएको थियो । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग पराजित भएको थियो ।

यस्तै, आजै भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँलाई २५–२३, २८–२६ र २५–२३ अङ्कले पराजित गर्यो । अन्नपूर्णले पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटको हार व्यहोरेको थियो । काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई ३–२ सेटले हराएको थियो ।

छ टोली सहभागी एनभिएलको पहिलो संस्करण सिङ्गल राउण्ड रोबिन लिग पद्दतिअनुसार सञ्चालन भइरहेको छ । लिगको विजेता टोलीले रु २० लाख पुरस्कार पाउनेछ । प्रतियोगिता यही भदौ २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : ३९ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर