नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी « Khabarhub

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किङ्ग्स विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कर्णालीले खप्तड फालकन्स तथा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटले हराएका हुन् । आज भएको पहिलो खेलमा कर्णालीले खप्तडलाई २५–१९, २५–१९ र २५–१९ अङ्कले हरायो । पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर्सलाई हराएको थियो । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग पराजित भएको थियो ।

यस्तै, आजै भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँलाई २५–२३, २८–२६ र २५–२३ अङ्कले पराजित गर्यो । अन्नपूर्णले पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटको हार व्यहोरेको थियो । काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई ३–२ सेटले हराएको थियो ।

छ टोली सहभागी एनभिएलको पहिलो संस्करण सिङ्गल राउण्ड रोबिन लिग पद्दतिअनुसार सञ्चालन भइरहेको छ । लिगको विजेता टोलीले रु २० लाख पुरस्कार पाउनेछ । प्रतियोगिता यही भदौ २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ९ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको