टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान « Khabarhub

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

नेपालको आफ्टर–सेल्स सेवा विश्वस्तरीय भएको प्रमाणित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । 

उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा ‘बियन्ड बोर्डर्स’ ले जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फरमेन्स र बेस्ट म्यानुफ्याक्चरिङ युनिट-एशिया’ गरी दुई अवार्ड प्रदान गरेको हो । यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ ।

कमपनीका अनुसार विशेषगरी ‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ अवार्ड निकै महत्त्वपूर्ण रहेको छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ ।

नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्छ ।

यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भनिन्, ‘यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो ।’

जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो ।    

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : २६ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको