टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान « Khabarhub

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

नेपालको आफ्टर–सेल्स सेवा विश्वस्तरीय भएको प्रमाणित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । 

उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा ‘बियन्ड बोर्डर्स’ ले जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फरमेन्स र बेस्ट म्यानुफ्याक्चरिङ युनिट-एशिया’ गरी दुई अवार्ड प्रदान गरेको हो । यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ ।

कमपनीका अनुसार विशेषगरी ‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ अवार्ड निकै महत्त्वपूर्ण रहेको छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ ।

नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्छ ।

यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भनिन्, ‘यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो ।’

जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो ।    

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : २६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा