काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना निर्माण गर्ने भएको छ । पार्टी काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत कांग्रेसले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ ।
केन्द्रीय कार्यसमितिमा नेतृत्वका आकांक्षाी बढ्दै गएपछि कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार २५ सदस्यीइ पदाधिकारीमध्ये २० जना निर्वाचनमार्फत आउने छन् भने केन्द्रीय सदस्यमध्येबाट पाँचजना सभापतिले मनोनीत गर्नेछन् । जसमा एक महिलासहित चार सहमहामन्त्री र एक कोषाध्यक्ष रहने छन् ।
महाधिवेशनअन्तर्गत सोमबार पारित नयाँ विधानको व्यवस्थाअनुसार अब एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला र एक समावेशीसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, दुई खुलासहित विभिन्न क्लस्टरबाट ११ सहमहामन्त्री र केन्द्रीय सदस्यमध्येबाट एक महिलासहित चार सहमहामन्त्री (सभापतिले मनोनीत) गर्ने गरी १५ जना रहने छन् । यस्तै कोषाध्यक्ष पनि केन्द्रीय सदस्यमध्येबाट सभापतिले नै मनोनीत गर्नेछन् ।
पार्टीको १४औँ महाधिवेशनले भने १३ पदाधिकारी र १६७ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।


















प्रतिक्रिया