महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना « Khabarhub

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

पदाधिकारीको संख्या २५, केन्द्रीय समिति २९७ सदस्यीय


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना निर्माण गर्ने भएको छ । पार्टी काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत कांग्रेसले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ ।

केन्द्रीय कार्यसमितिमा नेतृत्वका आकांक्षाी बढ्दै गएपछि कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाएको हो ।

नयाँ व्यवस्थाअनुसार २५ सदस्यीय पदाधिकारीमध्ये २० जना निर्वाचनमार्फत आउने छन् भने केन्द्रीय सदस्यमध्येबाट पाँचजना सभापतिले मनोनीत गर्नेछन् । जसमा एक महिलासहित चार सहमहामन्त्री र एक कोषाध्यक्ष रहने छन् ।

महाधिवेशनअन्तर्गत सोमबार पारित नयाँ विधानको व्यवस्थाअनुसार अब एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला र एक समावेशीसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, दुई खुलासहित विभिन्न क्लस्टरबाट ११ सहमहामन्त्री र केन्द्रीय सदस्यमध्येबाट एक महिलासहित चार सहमहामन्त्री (सभापतिले मनोनीत) गर्ने गरी १५ जना रहने छन् । यस्तै कोषाध्यक्ष पनि केन्द्रीय सदस्यमध्येबाट सभापतिले नै मनोनीत गर्नेछन् ।

पार्टीको १४औँ महाधिवेशनले भने १३ पदाधिकारी र १६७ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ८ : ३२ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै