एक महिनापछि चल्यो च्याममा फोरजी सेवा « Khabarhub

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनः सञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए ।

टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो । नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो ।

च्याममा राखिएको टावरमा समस्या नभए पनि मुगुको सोरुमा राखिएको टावर डाउन हुँदा कनेक्सन अवरुद्ध भएको र प्राविधिक टोली सोरुमा गई टावर मर्मत गरेपछि सेवा सञ्चालनमा आएको प्राविधिक प्रेम रोकायाले बताए ।

टावर बन्द हुँदा च्यामलगायत आसपासका नागरिक लामो समयसम्म मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए । आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो थियो ।

यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्री तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएका थिए ।

यसअघि सुर्खेतबाट प्राविधिक टोली आएर टावरको अवस्था हेरे पनि आवश्यक सामग्री नपुगेपछि मर्मत पूरा नगरी फर्किएको थियो ।

लामो समयपछि फोरजी सेवा पुनः सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन् ।
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : १७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल