बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर « Khabarhub

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठोरले आफ्नो क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको आरोप लगाएका छन्।

काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित कार्यक्रममा सभापतिको उम्मेदवारी घोषणा गर्दै राठोरले आफ्नो क्षेत्रमा कुनै विवाद नभए पनि प्रतिनिधि छनोटको प्रक्रिया लम्ब्याइएको दाबी गरे। आफ्नो सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकै कारण प्रतिनिधि छनोट रोकिएको उनको आरोप छ।

‘यहाँ केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयन चल्दै छ, तर मेरो क्षेत्रमा कुनै विवाद थिएन, जबरजस्ती लम्ब्याइयो र मलाई प्रतिनिधि निर्वाचित हुन नै धेरै समय कुर्नुपर्ने बनाइयो,’ उनले भने, ‘मेरो क्षेत्रमा आज मतगणना चलिरहेको छ । अझै म प्रतिनिधि भइसकेको छैन।’

राठोरले सभापतिमा निर्वाचित भए कांग्रेसलाई पुनः त्याग, बलिदान र संघर्षको पुरानो बाटोमा फर्काउने दाबी गरे। आफू विशेष महाधिवेशनको पक्षमा नरहेको उल्लेख गर्दै उनले पार्टीभित्र विवाद बढाउनेभन्दा सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्ताव आफूले यसअघि नै राखेको बताए।

‘मैले गगनजी (गगन थापा)लाई प्रस्ताव पनि पठाएको थिएँ, भावी प्रधानमन्त्री घोषणा गरेर जाऔँ । नेताहरू खेदिएका बेला, पार्टीविरुद्ध सबैले घेराबन्दी गरेका बेला विशेष महाधिवेशन गरेर विवाद नबढाऔँ भनेकै हुँ,’ उनले भने।

उनले कांग्रेस अहिले तीन–चारतिर छरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।

राठोरले कांग्रेसको बृहत् एकता आवश्यक रहेको उल्लेख गर्दै पार्टीको इतिहास र योगदान बोकेका नेताका परिवारलाई पाखा लगाएर कांग्रेस अघि बढ्न नसक्ने दाबी गरे।

‘कांग्रेसको बृहत् एकता जरुरी छ। बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन। नोनाआमाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ उनले भने।

उनले त्यस्ता नेताहरूलाई बाहिर राखेर गरिने महाधिवेशनको प्रभाव आगामी स्थानीय तह निर्वाचनमा देखिने चेतावनीसमेत दिए।

‘उनीहरूलाई बाहिर राखेर जुन महाधिवेशन गर्न खोजिँदै छ, त्यसको परिणाम आगामी स्थानीय तह चुनावमा पाँच महिनामै देखिन थाल्नेछ,’ राठोरले भने।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४