बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर « Khabarhub

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठोरले आफ्नो क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको आरोप लगाएका छन्।

काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित कार्यक्रममा सभापतिको उम्मेदवारी घोषणा गर्दै राठोरले आफ्नो क्षेत्रमा कुनै विवाद नभए पनि प्रतिनिधि छनोटको प्रक्रिया लम्ब्याइएको दाबी गरे। आफ्नो सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकै कारण प्रतिनिधि छनोट रोकिएको उनको आरोप छ।

‘यहाँ केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयन चल्दै छ, तर मेरो क्षेत्रमा कुनै विवाद थिएन, जबरजस्ती लम्ब्याइयो र मलाई प्रतिनिधि निर्वाचित हुन नै धेरै समय कुर्नुपर्ने बनाइयो,’ उनले भने, ‘मेरो क्षेत्रमा आज मतगणना चलिरहेको छ । अझै म प्रतिनिधि भइसकेको छैन।’

राठोरले सभापतिमा निर्वाचित भए कांग्रेसलाई पुनः त्याग, बलिदान र संघर्षको पुरानो बाटोमा फर्काउने दाबी गरे। आफू विशेष महाधिवेशनको पक्षमा नरहेको उल्लेख गर्दै उनले पार्टीभित्र विवाद बढाउनेभन्दा सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्ताव आफूले यसअघि नै राखेको बताए।

‘मैले गगनजी (गगन थापा)लाई प्रस्ताव पनि पठाएको थिएँ, भावी प्रधानमन्त्री घोषणा गरेर जाऔँ । नेताहरू खेदिएका बेला, पार्टीविरुद्ध सबैले घेराबन्दी गरेका बेला विशेष महाधिवेशन गरेर विवाद नबढाऔँ भनेकै हुँ,’ उनले भने।

उनले कांग्रेस अहिले तीन–चारतिर छरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।

राठोरले कांग्रेसको बृहत् एकता आवश्यक रहेको उल्लेख गर्दै पार्टीको इतिहास र योगदान बोकेका नेताका परिवारलाई पाखा लगाएर कांग्रेस अघि बढ्न नसक्ने दाबी गरे।

‘कांग्रेसको बृहत् एकता जरुरी छ। बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन। नोनाआमाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ उनले भने।

उनले त्यस्ता नेताहरूलाई बाहिर राखेर गरिने महाधिवेशनको प्रभाव आगामी स्थानीय तह निर्वाचनमा देखिने चेतावनीसमेत दिए।

‘उनीहरूलाई बाहिर राखेर जुन महाधिवेशन गर्न खोजिँदै छ, त्यसको परिणाम आगामी स्थानीय तह चुनावमा पाँच महिनामै देखिन थाल्नेछ,’ राठोरले भने।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : ४५ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब