बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम « Khabarhub

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएकाहरूलाई मृत्यु घोषणाका लागि कानूनी बाटो खुला गर्न कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् । 

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री गौतमले बेपत्तालाई मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी विद्यमान मूल ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि विपद् प्राधिकरण तथा कानुन मन्त्रालयमा निरन्तर छलफल भई उपयुक्त समाधान निकालिएको बताइन् । 

संसद अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेश मार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

उनले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले सबैलाई सचेत गराएको र अब राज्यका हरेक कानुन निर्माण तथा काम–कारबाहीमा विपद् व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले सर्वदलीय समिति मार्फत सम्बन्धित मन्त्रीहरूलाई बोलाएर विपद् केन्द्रित समाधानका उपायहरू पहिल्याउनुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : १६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४