बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार « Khabarhub

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले डाँडामा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सयपत्री जनजागरण युवा क्लब बैतेश्वर–७ मार्बुको आयोजनामा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा बैतेश्वर गाउँपालिकाभित्रका साथै छिमेकी पालिकाका वडाबाट समेत खेलाडी तथा टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० देखि २६ गतेसम्म दर्ता गराउन सक्नेछन्। टोली दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ ।

युवाबीच आपसी भाइचारा, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । सहभागी खेलाडी तथा टिमले आयोजकले तोकेको आचारसंहिता, खेलसम्बन्धी नियम र सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

टिमदर्ता तथा थप जानकारीका लागि नवीन तामाङ, मणिप लामा, सरोज थापा, राजीव तामाङ र सुरेन्द्र मोक्तान (लामा) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : १८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि