कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएकी हुन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र दर्ता प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिए । निर्वाचन समितिले मनोनयनका लागि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।

यस पटक कांग्रेसले आफ्नो सांगठनिक ढाँचा र पदाधिकारी संख्यामा व्यापक हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार पदाधिकारी संख्या १४ बाट बढाएर २५ पुर्‍याइएको छ भने केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ ।

विधानको परिमार्जित व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपेर उपसभापतिको संख्या चार पुर्‍याइएको छ । त्यसैगरी महामन्त्री संख्या तीन बनाउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ । सोही प्रावधानअनुसार नेतृ संग्रौलाले महिला महामन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै, सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ । जसमा दुई खुला, विभिन्न क्लस्टरबाट ९ र एक महिलासहित ४ जना मनोनयन हुने व्यवस्था छ । पार्टीमा प्रवक्ता पद थपिनुका साथै आवश्यकताअनुसार सहप्रवक्तासमेत मनोनयन गरिने जनाइएको छ ।

नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारी दर्ताका लागि सभागृह परिसरमै प्रभु बैंकको काउन्टरमार्फत तोकिएको शुल्क बुझाएर रसिद लिने व्यवस्था मिलाइएको छ । प्रतिनिधि र समावेशी सहभागिता बढेकाले केन्द्रीय समिति तथा पदाधिकारीको आकार बढाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ३७ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६