कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएकी हुन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र दर्ता प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिए । निर्वाचन समितिले मनोनयनका लागि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।

यस पटक कांग्रेसले आफ्नो सांगठनिक ढाँचा र पदाधिकारी संख्यामा व्यापक हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार पदाधिकारी संख्या १४ बाट बढाएर २५ पुर्‍याइएको छ भने केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ ।

विधानको परिमार्जित व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपेर उपसभापतिको संख्या चार पुर्‍याइएको छ । त्यसैगरी महामन्त्री संख्या तीन बनाउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ । सोही प्रावधानअनुसार नेतृ संग्रौलाले महिला महामन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै, सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ । जसमा दुई खुला, विभिन्न क्लस्टरबाट ९ र एक महिलासहित ४ जना मनोनयन हुने व्यवस्था छ । पार्टीमा प्रवक्ता पद थपिनुका साथै आवश्यकताअनुसार सहप्रवक्तासमेत मनोनयन गरिने जनाइएको छ ।

नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारी दर्ताका लागि सभागृह परिसरमै प्रभु बैंकको काउन्टरमार्फत तोकिएको शुल्क बुझाएर रसिद लिने व्यवस्था मिलाइएको छ । प्रतिनिधि र समावेशी सहभागिता बढेकाले केन्द्रीय समिति तथा पदाधिकारीको आकार बढाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ३७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब