साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी  « Khabarhub

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला प्रयोगशाला प्राविधिकको रहस्यमय मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमै सुरक्षा चासो बढेको छ। 

मृतकको मृत्यु ‘अज्ञात कारणको निमोनिया’ बाट भएको रुसी पक्षले बताए पनि अमेरिकाले यस घटनालाई उच्च प्राथमिकतामा राखेर निगरानी गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई अमेरिकाले ‘धेरै गम्भीरतापूर्वक’ हेरिरहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार ती प्राविधिक प्लेग गराउने जीवाणुबाट संक्रमित भएको र उक्त संक्रमण प्रयोगशालाभित्रै फैलिएको हुन सक्ने आशंका छ। यद्यपि, उनले सर्वसाधारणले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पारेका छन्।

रुसी सञ्चारमाध्यमका अनुसार मृतक करिब २० वर्षीया ‘डारिया’ नाम गरेकी महिला हुन्। उनी बिरामी पर्नुअघि प्रयोगशालामा रोगजनक बोकेको टेस्ट ट्युब फुटेको वा मंगोलिया सीमा नजिकैको बुर्यातिया क्षेत्रको भ्रमण गर्दा संक्रमित भएको हुन सक्ने अपुष्ट दाबी गरिएको छ।

उक्त बुर्यातिया क्षेत्र १४औँ शताब्दीमा युरोपमा करोडौँको ज्यान लिने ‘ब्ल्याक डेथ’ महामारीको जीवाणु प्राकृतिक रूपमा पाइने क्षेत्र मानिन्छ।

इरकुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभ र रुसी स्वास्थ्य निगरानी संस्था रोस्पोत्रेबनादजोरले भने प्रयोगशालामा कुनै आपतकालीन अवस्था नरहेको बताएका छन्।

मृतकको नमुनामा कामसँग सम्बन्धित कुनै सूक्ष्मजीव नभेटिएको र अन्य कर्मचारीहरू सुरक्षित रहेको रुसको भनाइ छ। तर, पूर्वसावधानी स्वरूप मृतकको सम्पर्कमा आएका करिब २०० जनालाई निगरानीमा राखिएको जनाइएको छ।

रीडिङ विश्वविद्यालयका माइक्रोबायोलोजी विशेषज्ञ डा। साइमन क्लार्कका अनुसार प्लेग अझै पनि केही क्षेत्रमा जोखिमपूर्ण रहे तापनि यस घटनाले कोभिड-१९ जस्तो विश्वव्यापी महामारीको रूप लिने सम्भावना छैन।

प्लेग यर्सिनिया पेस्टिस नामक जीवाणुबाट हुने र समयमै उपयुक्त एन्टिबायोटिक प्रयोग गर्दा यो पूर्ण रूपमा निको हुने भएकाले नियन्त्रण बाहिर नजाने उनले बताएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ३८ बजे

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत