कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक उपसभापति पदमा मनोनयन दर्ता गराएका छन् । मंगलबार उनले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा राष्ट्रिय सभागृहमा स्थापित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका विभिन्न पदहरूमा मनोनयन दर्ता गराउने क्रम जारी रहँदा सभागृह परिसरमा उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो चहलपहल बढेको छ।

पार्टीको १५औँ महाधिवेशनमार्फत चयन हुने नयाँ केन्द्रीय नेतृत्वका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन समितिले तोकिएको समय सीमाभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरी बाँकी निर्वाचन तालिका अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ४० बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६