कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक उपसभापति पदमा मनोनयन दर्ता गराएका छन् । मंगलबार उनले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा राष्ट्रिय सभागृहमा स्थापित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका विभिन्न पदहरूमा मनोनयन दर्ता गराउने क्रम जारी रहँदा सभागृह परिसरमा उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो चहलपहल बढेको छ।

पार्टीको १५औँ महाधिवेशनमार्फत चयन हुने नयाँ केन्द्रीय नेतृत्वका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन समितिले तोकिएको समय सीमाभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरी बाँकी निर्वाचन तालिका अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ४० बजे

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत