त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी « Khabarhub

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

रसुवा बाढीका कारण २ खर्ब २७ अर्बको क्षति


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गर्नेगरि काम भइरहेको बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दशैँ अघि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गरी चाडपर्वको माहौल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको जनाएका हुन् ।

उनले स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत दिइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराइने बताए ।  

मन्त्री लम्सालले बेली ब्रिजहरू स्टकमा उपलब्ध रहेपनि त्रिशूली नदीमा हाल्नका लागि कम्तीमा १०० देखि १२२ मिटरसम्म लामो बेलीब्रिज आवश्यक पर्ने तर त्यो लम्बाइको ब्रिज उपलब्ध नभएको उल्लेख गरे । 

विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीहरूसँग सहकार्य गर्दा पनि हवाई मार्गबाट तुरुन्तै ल्याउन सकिने गरी स्टक नभेटिएकाले पछि अर्डर दिइएको उनले बताए ।

उनले पुरानै ठाउँमा राजमार्ग नबनाइने, नयाँ अलाइनमेन्ट सुरक्षित हुने गरि फरक डिजाइन तयार गरिने जानकारी दिए । 

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले रसुवा बाढीका कारण २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए । 

क्षति पुगेका २० वटा झोलुङ्गे पुलहरू मध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा मर्मतको प्रक्रियामा रहेको र नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड खुला गरी यातायात सञ्चालनमा ल्याइएको उनले बताए । 

उनले नुवाकोट र रसुवालाई जोड्का लागि बेत्रावतीमा बेली ब्रिज राख्ने काम भइरहेकाले आगामी सोमबारसम्ममा सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य राखिएको उल्लेख गरे । 

त्यस्तै रसुवागढी सडकका बिभिन्न स्थानमा ४–५ वटा बेली ब्रिजहरू निर्माण गर्नुपर्ने भएकाले दशैँ अगाडि सडकखण्ड जोडिन सम्भव नरहेको बताए । बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो बाटो छाडेर वैकल्पिक मार्गबाट कनेक्टिभिटी अघि बढाउने काम भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ४९ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै