त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी « Khabarhub

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

रसुवा बाढीका कारण २ खर्ब २७ अर्बको क्षति


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गर्नेगरि काम भइरहेको बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दशैँ अघि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गरी चाडपर्वको माहौल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको जनाएका हुन् ।

उनले स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत दिइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराइने बताए ।  

मन्त्री लम्सालले बेली ब्रिजहरू स्टकमा उपलब्ध रहेपनि त्रिशूली नदीमा हाल्नका लागि कम्तीमा १०० देखि १२२ मिटरसम्म लामो बेलीब्रिज आवश्यक पर्ने तर त्यो लम्बाइको ब्रिज उपलब्ध नभएको उल्लेख गरे । 

विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीहरूसँग सहकार्य गर्दा पनि हवाई मार्गबाट तुरुन्तै ल्याउन सकिने गरी स्टक नभेटिएकाले पछि अर्डर दिइएको उनले बताए ।

उनले पुरानै ठाउँमा राजमार्ग नबनाइने, नयाँ अलाइनमेन्ट सुरक्षित हुने गरि फरक डिजाइन तयार गरिने जानकारी दिए । 

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले रसुवा बाढीका कारण २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए । 

क्षति पुगेका २० वटा झोलुङ्गे पुलहरू मध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा मर्मतको प्रक्रियामा रहेको र नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड खुला गरी यातायात सञ्चालनमा ल्याइएको उनले बताए । 

उनले नुवाकोट र रसुवालाई जोड्का लागि बेत्रावतीमा बेली ब्रिज राख्ने काम भइरहेकाले आगामी सोमबारसम्ममा सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य राखिएको उल्लेख गरे । 

त्यस्तै रसुवागढी सडकका बिभिन्न स्थानमा ४–५ वटा बेली ब्रिजहरू निर्माण गर्नुपर्ने भएकाले दशैँ अगाडि सडकखण्ड जोडिन सम्भव नरहेको बताए । बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो बाटो छाडेर वैकल्पिक मार्गबाट कनेक्टिभिटी अघि बढाउने काम भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ४९ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष