नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया « Khabarhub

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब ठूलो चीरा फाटेर शल्यक्रिया गराउनुपर्ने बाध्यता अन्त्य भएको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले अत्याधुनिक ‘मिनिमली इन्भेसिभ सर्जरी’ प्रविधिमार्फत खुट्टा तथा एंकलका जटिल शल्यक्रिया सेवा सुरु गरेको छ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो आधुनिक सेवा सञ्चालनमा ल्याइएको हो। सेवा विस्तारकै क्रममा डा. झाले नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक ‘एमआईएस ह्यालक्स भल्गस’ (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया समेत गरिसकेका छन्।

परम्परागत शल्यक्रियामा ठूलो भाग काटेर उपचार गर्नुपर्ने हुन्थ्यो भने एमआईएस प्रविधिमा विशेष खालका आधुनिक उपकरणहरूको प्रयोग गरिन्छ। यस प्रविधिमा साना प्वाल वा अति साना चीरामार्फत शल्यक्रिया सम्पन्न गरिन्छ।

बिरामीको अवस्था र समस्याको प्रकृति अनुसार यो प्रविधि खुट्टाको बूढीऔँलाको हड्डी सोझ्याउन मात्र नभई खुट्टाको बनोट सम्बन्धी अन्य समस्या सुधार गर्न र जटिल पुनर्निर्माणका लागि समेत प्रयोग गर्न सकिन्छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ५७ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष