महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता « Khabarhub

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्।

उम्मेदवारी दर्ताको समयसम्म महिला उपसभापति पदमा भुसालबाहेक अन्य उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन्। उक्त पदमा अन्य महिला नेतृको औपचारिक उम्मेदवारीसमेत देखिएको छैन।

कांग्रेसमा भने महिला सहमहामन्त्री पदका लागि आकांक्षी धेरै रहेकाले उनीहरूमध्ये केहीले उपसभापति पदमा समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

भुसालले पनि अहिलेसम्म महिला उपसभापति पदमा आफू बाहेक अन्य आकांक्षी नदेखिएको बताउँदै आएकी छन्। उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अन्य नेतृले पनि उम्मेदवारी दिने वा नदिने विषयमा भने यकिन भइसकेको छैन।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : २९ बजे

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा