कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो « Khabarhub

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय थप गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २० गते मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित समयभन्दा २ घण्टा बढाएर साझ ६:०० बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएको हो।

यसअघि मनोनयन पत्र दर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। उम्मेदवारहरूको बाक्लो उपस्थिति र कार्यव्यस्तताका कारण तोकिएको समयावधिलाई थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

तोकिएको समयावधिभित्रै मनोनयन पत्र दाखिल गर्न निर्वाचन समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई सूचित गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ५२ बजे

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र