अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी « Khabarhub

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पार्टीको १५औँ महाधिवेशनमा उनले ३५ वर्ष मुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

नीति तथा योजना क्षेत्रका विज्ञ डा. ओली नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् । चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञको रूपमा रहेर काम गरेको अनुभव पनि छ ।

त्यस्तै, डा वलीले यसअघि लुम्बिनी प्रदेश योजना आयोग र संघीय मन्त्रालयका विभिन्न योजनामा विज्ञको रूपमा पनि काम गरेका छन् । अहिले पनि डा वली इनिसियटिभ फर इक्विटेबल अर्थमार्फत अध्ययन तथा अनुसन्धानमा क्रियाशील छन् ।

साथै, उनी गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ५४ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न